श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ
श्रीमतीको हत्याको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ७ लुहागाडका ३७ वर्षीय गणेश ओडले आफ्नी ३२ वर्षीया श्रीमती लक्ष्मी ओडको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले उनले आफ्नी श्रीमतीलाई सोमबार राति कुटपिट गरी हत्या गरेको बुझिएको छ ।
घटना बारे थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक विष्टले जानकारी गराए ।
८ पुस २०७७, बुधवार १०:५१ बजे प्रकाशित































