ओली पक्षले भेलाका लागि सुदूरपश्चिममा भट्ट, ज्ञवाली र थापालाई खटायो

नेकपाको ओली समूहले सातै प्रदेशमा कार्यकर्ता भेलाका लागि नेताहरूलाई खटाएको छ । दुई दिनभित्रै सबै प्रदेशमा भेला गर्ने गरी वक्ता र समन्वयकर्ता तोकिएका छन् ।
त्यसैअन्तर्गत सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदिप ज्ञवाली र कर्ण थापालाई खटाइएको छ ।
त्यस्तै कर्णाालीमा शंकर पोखरेल, यमलाल कँडेललगायतका नेता खटिएका छन् भने लुम्बिनीमा खिमलाल भट्टराईले भेलाको संयोजन गर्ने भनिएको छ ।
गण्डकीमा वक्ताका रुपमा टोपवहादुर रायमाझी तोकिएका छन् भने बागमतीको संयोजन आनन्द पोखरेलले गर्दैछन् । प्रदेश २ को संयोजन सुमन प्याकुरेलले गर्ने केन्द्रीय कमिटीमा प्रस्ताव पारित भएको छ ।
केन्द्रीय कमिटी बैठकले पार्टीको महाधिवेशन २०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म गर्ने निर्णय गरेको छ ।
७ पुस २०७७, मंगलवार १५:३४ बजे प्रकाशित