आज घट्यो सुनको मूल्य
बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घट्दै प्रतियोला ९४ हजार ९ सयमा झरेको छ ।
सुन हिजो प्रतितोला ९५ हजार दुई सय रुपैयाँँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदी पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय १५ मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
७ पुस २०७७, मंगलवार ११:१३ बजे प्रकाशित































