punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्रीले भने, ‘मैले बोलाएको बैठक मात्र आधिकारिक हुन्छ’

Chaupati
safha napa

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलाएको बैठक मात्रै आधिकारिक हुने बताएका छन् । उनले आफूबाहेक अरुले बोलाएको पार्टीका बैठक आधिकारिक नहुने बताए ।

पार्टीका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्यसँगको परामर्श बैठकमा उनले यस्तो तर्क राखेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले पार्टीको विधानअनुसार पहिलो वरियताको अध्यक्षका हैसियतले आफ्नो सहमतिविनाको बैठक र निर्णयको कुनै अर्थ नहुने अध्यक्ष ओलीले बताए ।

सल्लाहकार थापाले अध्यक्ष ओलीमाथि पार्टीले अनुशासनको कारवाही गर्ने भन्ने निर्णय भनिएको विषयलाई औपचारिकता नमान्न सञ्चारमाध्यमलाई पनि आग्रह गरे । अध्यक्ष ओलीले यही पुस ७ गते बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि मङ्गलबार नै अपराह्न १ बजे केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् ।


६ पुस २०७७, सोमवार २०:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु