punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Chaupati
safha napa

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–९ स्थित असुर्पाबाट मेलौलीतर्फ जाँदै गरेको सु.प. प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

दुर्घटनामा परेर सोही नगरपालिकाको वडा नम्बर ९ का ३२ वर्षीय नारायण भट्ट र ५८ वर्षीय नारायण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

दुर्घटनामा परी कैलालीको गौरीगंगा नगरपालिका–३ का २५ वर्षीय ट्याक्टर चालक अमृत चौधरी सामान्य घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य संस्थानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।


४ पुस २०७७, शनिवार १८:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु