देशका केही स्थानहरुमा वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ भने हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी, सोमबार दिउँसो प्रदेश नं १ लगायत देशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भूभागका १९२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

सोमबार राति प्रदेश नं १ लगायत देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।


२९ मंसिर २०७७, सोमवार ०८:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु