सीमामा रिक्सावालाबाटै लुटिन्छन् स्वदेश फेर्किनेहरू, गन्तब्यमा नपुग्दासम्म दु:ख

कोरोना महामारीको जोखिम कम गर्न सजगता अपनाउनेक्रममा कैलालीमा पनि थुप्रै प्रयास भए । त्यसैक्रममा भारत कोरोना संक्रमण बढी भएकाले त्यहाँबाट आउने नेपालीहरुलाई ध्यानमा राख्दै भन्सार क्षेत्रमै होल्डिङ सेन्टर बनाइयो । जसको उद्देश्य हो, भारतबाट आएकाहरूलाई एकै ठाउँबाट गन्तव्यमा पुर्याउन सकियोस् ।

तर अर्कोतर्फ कोरोना संक्रमण बढ्दै गएपनि मानिसले यसको प्रवाह गर्न छोड्दा अवस्था सामान्य जस्तै बनिसकेको छ । अधिकांश क्षेत्र खुला भइसकेका छन् । तर भन्सारमा बनाइएको होल्डिङ सेन्टर भने यथावत छ । जहाँ भारतबाट आउने नेपालीहरुलाई सोझै त्यहाँ पुर्याइन्छ । त्यसरी पुर्याउने काम अरु कसैले होइन् सीमामै सक्रिय पाइडल रिक्सादेखि अटो रिक्साहरुले गर्छन् ।

दैनिक सैयौं नेपालीहरु भारतबाट गौरीफन्टा नाका हुँदै स्वदेश फर्किन्छन् । उनीहरु सबैलाई होल्डिङ सेन्टरसम्म ल्याउने काम रिक्सावालाहरुलेनै गर्छन्, मनलाग्दो भाडादरमा ।

सीमाबाट होल्डिङ सेन्टरसम्म सामान वा सवारी ल्याउन कुनैपनि भाडादर कायम गरिएको छैन । भारतबाट गौरीफन्टा ९नेपालको सीमा पारी० झर्ने मानिसहरु र सामान वारी ल्याउनका लागि भारतीय एसएसबीले पाइडल रिक्सालाई मात्रै जान दिएको छ । भारतीयको चेकपोष्ट कटाउन मात्रै पाइडल रिक्साले तीनदेखि चार सय भारतीय रुयैयाँ ९भारु० लिने गरेका छन् ।

एसएसबीको चेकपाष्ट कटाएर नेपाली भूमीमा लागिरहने अटोसम्म पुर्याउन मात्रै उनीहरुले त्यति धेरै पैसा लिने गरेका हन् । त्यसबीचमा पनि सामान नखोल्ने शर्तमा एसएसबीले एक रिक्सा सामानको एक सय भन्दा बढी रुपैयाँ अबैधानिक तरिकाले लिने गर्छ । यदि दिँदैन वा यसमा केही छैन भने सामान खोल्ने र उल्टै सास्ती दिने काम एसएसबीले पनि गर्दै आएको दुखेसो भारतबाट आउनेहरु गर्छन् ।

चेकपोष्ट कटाएर यता नेपालतर्फ बनाइएको होल्डिङ सेन्टरसम्म जानका लागि फेरि अटो रिक्सासम्म बार्गेनिङ गर्नुपर्ने हुन्छ । यति गर्दा अटोरिक्साले पारीबाट वारि भन्सार कार्यालयकै पूर्वपट्टी बनाइएको होल्डिङ सेन्टरसम्म ल्याएको मात्रै चारदेखि पाँच सय भारतीय रुपैयाँ लिने गर्छ । अटो रिक्सावालाहरुले भारतबाट आउने नेपालीहरुबाट प्रायः भारतीय रुपैयाँको नै हिसाव गर्ने गर्छन् । गौरीफन्टामा उत्रिएपछि भन्सार कार्यालयसम्म झण्डै अढाई सय मिटरको दुरीमा आइपुग्न मात्रै नेपालीबाट पाइडल र अटो रिक्सावालाहरुले मिलेर आठ सयदेखि १२ सय नेपाली रुपैयाँसम्म झार्छन् ।

भारतबाट आएका नेपालीहरु नेपाल प्रवेश गर्दा नै नेपालीहरुबाटै दैनिक यसरी लुटिने गरेका छन् । मंगलबार मात्रै भारतको नयाँदिल्लीबाट स्वदेश फर्किएका बाजुराका राजेन्द्र सुनारले पनि सीमा कटाएर होल्डिङ सेन्टरसम्म पुग्न पाँच सय भारु तिरे । चार सय रुपैयाँ रिक्सावालालाई बुझाए भने एक सय रुपैयाँ भारतीय एसएसबीलाई बुझाए । उनीसहितको चाररपाँच जनाको टोली यसरीनै सीमामा पैसा खर्च गरेर र नेपालीबाटै लुटियो ।

दिल्लीबाटै आएका बाजुराकै बीरबहादुर सुनारसहितका व्यक्तिहरु पनि रिक्सावालाहरुलाई छरछ सय रुपैयाँ भारु तिरेर होल्डिङ सेन्टरसम्म पुगे । ‘भारतमै लुटिने हामी नेपाली आफ्नै देशमा पुग्दा पनि लुटिन्छौं,’ उनले दुखेसो पोखे, ‘मागेजति पैसा नदिउँ भनेपनि सामानसहित वारि कसरी आउने भन्ने चिन्ता हुन्छ ।’ दिल्लीबाट पलिया उत्रिएका उनीहरुबाट त्यहाँबाट गौरिफन्टा पुर्याउने बसले पनि प्रतिव्यक्ति एकरएक सय रुपैयाँ लिएको उनी बताउँछन् । जबकी बसवालाहरुले टिकट काट्दा नेपालीहरुबाट गौरिफन्टासम्मकै पैसा लिने गर्छन् ।

भारतबाट स्वदेश फर्किने नेपाली यसरी लुटिनेक्रम दैनिक चलिनैरहेको छ । तर यसको अनुगमन तथा नियमन अहिलेसम्म कसैले पनि गर्न सकेको छैन ।स्वदेश फर्किएका नेपालीहरुले होल्डिङ सेन्टर पुग्दासम्म मात्रै समस्या पाउँदैनन् । त्यहाँबाट गन्तव्यमा पुग्दासम्म पनि समस्या भोग्ने गरेका छन् ।

होल्डिङ्ग सेन्टरबाट लामो दुरीमा भन्दा पनि छोटो दुरीमा हिड्ने सवारी साधानबाट उनीहरु मारमा पर्ने गरेका छन् । यसअघिको सामान्य अवस्थाको तुलनामा भन्दा उनीहरुबाट निकै बढी रकम असुलिन्छ । कैलाली र कञ्चनपुरका क्षेत्रमा पेट्रोवाला अटो रिक्सासहित साना गाडीहरु पनि अहिले त्यहाँबाट चल्ने गरेका छन् ।

रिजर्वमा जाने ती सवारी साधानले यात्रुबाट ठूलो रकम लिन्छन् । ‘हामीले अत्तरियासम्मको लागि अटो रिक्सामा २५ सय रुपैयाँ दिन्छौं भनेका छौं, त्यो भन्दा एक रुपैयाँ घटेन’ यात्रु राजेन्द्र सुनारले भने ।

केही दिन अघि होल्डिङ सेन्टरबाटै कैलालीको चुहासम्मका लागि २५ सयमा रिजर्व गरेको अटो रिक्साले गन्तव्यमा पुर्याएपछि यात्रुबाट ३२ सय झार्यो । ‘सुरुमा २५ सय रुपैयाँमा लिन्छु भनेर भनियो,’ लम्कीचुहाका चेतराज रावलले भने, ‘चुहा बजार पुगेपछि टाढा रैछ ढिलो भयो भन्दै ३२ सय रुपैयाँ लिएरै छोडयो ।’ अटो रिक्सा मात्रै नभई त्यो छोटो दुरीका ठूला सवारी साधनले पनि त्यतिनै दुरीमा रिजर्वमा जाँदा चार हजारदेखि पाँच हजार रुपैयाँसम्म लिने गरेको उनी बताउँछन् ।

होल्डिङ सेन्टरबाट चल्ने साना सवारी साधानहरु प्रायः रिजर्वमा नै चल्ने गरेका छन् । यसरी चल्दा उनीहरुले मनोमानी तरिकाले रकम असुल्ने गरेको यात्रुहरुको गुनासो छ । होल्डिङ्ग सेन्टरले झन दुस्ख भएको उनीहरू बताउँछन् ।


२४ मंसिर २०७७, बुधवार ०८:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु