punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वरिष्ठ गायक जगतमर्दन थापाको निधन

Chaupati
safha napa

वरिष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो ।

८५ वर्षीय थापा केही दिन अगाडिमात्र कोरोना संक्रमणमुक्त भएका थिए। तर, छातीमा समस्या आएपछि उनको नर्भिकमै उपचार भइरहेको थियो। वि. सं. २०१३ सालमा रेडियो नेपालबाट आफ्नो सांगीतिक तथा साहित्यिक यात्रा सुरू गरेका उनले २०१८ सालमा पहिलो गीत रेकर्ड गराएका थिए।

उनले कोलकाताबाट हिज मास्टर्स भ्वाइसमा ‘माया लुकाइ लुक्दैन’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए। २०२१ सालमा उनले कथासंग्रह ‘पलाँसको फूल’ ल्याएका थिए। उनले अहिलेसम्म पाँच वटा गीति एल्बम ल्याइसकेका छन्। जसमा ‘माया लुकाइ लुक्दैन’, ‘४० वर्षअघि र ४० वर्षपछि’, ‘मनको शान्ति’, ‘म पतझड तिमी मधुमास’, ‘म मक्किएको धुरी खाँबो’ छन्।

उनी छैटौं एल्बम सार्वजनिक गर्ने तयारीमा थिए। ८५ औं जन्मोत्सवमा उनको छैटौँ एल्वम सार्वजनिक गर्ने कार्यक्रम थियो।


२२ मंसिर २०७७, सोमवार १५:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु