मोटरसाइकल ठोक्किदा दुई जना गम्भीर घाइते
मोटरसाइकलहरु एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन ।
आज बिहान मोहना अत्तरिया छ लेन सडकखण्डमा गेटामा अत्तरियादेखि धनगढीतर्फ आइरहेको गरेको सु प्र प्र १०००८ प ५०२८ र बिपरित दिशा तर्फ आउदै गरेको म २ प ४७७८ एक आपसमा ठोक्किदा गोदाबरी नगरपालिका ५ बस्ने वर्ष २५ का मोहन भट्ट र भिमदत्तनगरपालिका वडा नम्बर ८ बस्ने अनु भट्ट घाइते हुन ।
घाइते दुबैजना लाई धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारका लागि राखिएको कैलाली प्रहरीले जानकारी दिएको छ ।
२१ मंसिर २०७७, आइतवार १३:०९ बजे प्रकाशित































