punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जन्ती बोकेको गाडी दुर्घटना कैलालीमा १३ जना घाइते

Chaupati
safha napa

जन्ती बोकेको गाडी दुर्घटना हुँदा कैलालीमा १३ जना घाइते भएका छन् । गयराती जन्ती बोकेको सुपप्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर दुर्घटनामा परी बेहुला–बेहुली सहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का २१ वर्षीय दुलहा गोविन्द लुहार र बैतडीको दोगडाकेदार गाउँपालिका की १९ बर्सिया दुलही डम्मरा लावड,बेलौरी नगरपालिका वडा नम्बर ३ का वर्ष १४ वर्षीय विशाल चौधरी, सोही ठाउँका २१ वर्षीय हरिस लुहार, बैतडीको दोगडाकेदार गाउँपालिकावडा नम्बर ८ का १५ वर्षीय शेर लावड, दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ बस्ने २० वर्षीय अर्जुन लुहार घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी गराए ।

त्यसैगरी दुर्घटनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ६ बस्ने गोरे लुहार, बेलौरी नगरपालिकावडा नम्बर ३ बस्ने ७ वर्षीय प्रदीप चौधरी,बेलौरी नगरपालिका वडा नम्बर ३ का २७ वर्षीय निर्मल चौधरी, २५ बर्सिया राधा चौधरी, दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ बस्ने ५० वर्षीय लक्षी लुहार, पुनर्वास नगरपालिकावडा नम्बर ३ बस्ने २१ वर्षीय राजु कार्की र चालक वीर बहादुर सार्की घाइते भएको उनले जानकारी दिए ।

प्रहरीका अनुसार घाइते १३ जना मध्ये ४ जनाको अवस्था गम्भीर छ । घाइतेहरूको अत्तरियामा रहेको पदमा अस्पताल र धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको उनले जानकारी गराए ।


१८ मंसिर २०७७, बिहीवार १३:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु