Hotel Flora Long Ad

धनगढीमा कोरोना अस्पतालमा उपचाररत एक महिलाको मृत्यु

धनगढीमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतलाको अस्थायी कोरोना अस्पतालमा उपचाररत कैलालीको गौरीगंगा नगरपालिका ७ की ७२ वर्षीय कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको हो ।

कार्तिक २९ गते अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा आज बिहान १०ः२५ मा उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।


५ मंसिर २०७७, शुक्रवार १५:०० बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु