punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीको जोरायलका सबै वडा सडक सञ्जालमा

Chaupati
safha napa

डोटीको जोरायल गाउँपालिकाकाका सबै वडा सडक सञ्जालमा जोडिएका छन् ।
गाउँपालिकाको १ करोडको लगानीमा त्यहाँका सबै वडामा सडक सञ्जाल पुगेको हो । सबै वडाभरीमा सडक सञ्जाल पुगेपछि यातायातका लागि सहज हुनुका साथै गाउँमा उत्पादन भएका तरकारी तथा अन्य अन्नबाली बजारसम्म पुर्याउन सकिने भएको छ ।

गाउँपालिकाका प्रत्येक वडा कार्यालयमा सडक सञ्जाल पु¥याउने उद्देश्यले सडक बिस्तारको काम तीव्र रुपमा अगाडी बढाइएको गाँउपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने पाँच वर्षभित्र सबै वडा कार्यालयमा सडक पुर्याउने उदेश्य पूरा भएको बताए ।

वडा कार्यालयसम्म सडक सञ्जाल पुर्याउने काम सँगसँगै टोलटोलमा सडक सञ्जाल बिस्तार गर्ने योजना गाउँपालिकाको रहेको उपाध्यक्ष जमुना बोहराले जानकारी दिइन् । यस्तै गाउँपालिकाले गाउँमा हुने बालविवाह न्युनीकरण र महिला हिँसा अन्त्यकालागि बिभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

पछिल्लो समय गाउँपालिकाले बालविवाहले स्वास्थ्यमा नराम्रो असर पर्ने र भविष्यमा गएर विभिन्न हिंसा खेप्नुपरेकोले बालविवाह न्युनीकरणका लागि स्थानीयलाई अग्रसर गराउने कार्यको थालनी गरिएको बताइएको छ । कुल ६ वटा वडा कार्यालय रहेको सो गाउँपालिकामा गाउँमा बालक्लव, महिला निगरानी समूह गठन गरी महिलामाथी हुने हिंसा अन्त्यका लागि पहल गरी रहेको छ ।

गाउँपालिकाले बालविवाह न्युनीकरणको लागि अभियानकै रुपमा अगाडी बढाइरहेकोे छ । एकल महिला तथा विपन्न महिलाहरुलाई संगठित गरी उनीहरुको समस्या समाधानकोलागि एकल तथा विपन्न महिला समूह समेत गठन गरिएको उपाध्यक्ष बोहराले जानकारी दिइन् ।


२ मंसिर २०७७, मंगलवार १०:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु