कोरोना संक्रमणबाट गौरिगंगाका वडा अध्यक्षको मृत्यु
कोरोना संक्रमणबाट कैलालीको गौरीगंगा नगरपालिकाका वडा अध्यक्षको मृत्यु भएको छ ।
नगरपालिकाका प्रबक्तासमेत रहेका वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको शुक्रबार बिहान सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा मृत्यु भएको हो ।
६३ वर्षीय शाहको शुक्रबार विहान ६ : २५ बजे मृत्यु भएको हो । शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका थिए ।
२१ कात्तिक २०७७, शुक्रवार ०९:०९ बजे प्रकाशित































