punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल प्रहरीमा जागिर खुल्यो, ८ कक्षा पास गरेकालाई पनि अवसर

Chaupati
safha napa

प्रहरी प्रधान कार्यालयले प्रहरी जवानमा भर्ना आह्वान गरेको छ । प्रहरी जवान पदका लागि आज विज्ञापन निकालेर कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी भर्ना लिन लागेको हो।

जसमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ। अरू समावेशीतर्फ छ। समावेशीतर्फ सबैभन्दा धेरै कोटा आदिवासी जनजातिका लागि सात सय ३७ वटा कोटा छ। महिलातर्फ चार सय ४१ जना मागेको छ।

कात्तिक १६ गतेदेखि मंसिर २३ भित्र इच्छुकले फारम भरिसक्नुपर्ने प्रहरी प्रधान कार्यालयले आज गोरखापत्रमा प्रकाशन गरेको सूचनामा उल्लेख छ। ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिनेछ। दरखास्त फारमको एक सय ५० दस्तुर लाग्नेछ।

कक्षा आठ वा सो सरह पास गरेकोले फारम भर्न पाउँछन्। १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयको मानवश्रोत एवं प्रशासन विभाग भर्ना छनौट महाशाखा नक्सालले जनाएको छ।


३० असोज २०७७, शुक्रवार ११:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु