कैलालीका दुई ठाउँबाट नगदसहित १७ जना जुवाडे पक्राउ
कैलालीको घोडाघोडीमा एक लाख ६८ हजार नगदसहित १७ जना जुवाडे पक्राउ परेका छन्। घोडाघोडी नगरपालिकाका दुई ठाउँबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।
उनकाअनुसार वडा नम्बर १० आमखोया बस्ने टेकबहादुर मल्ल र लम्कीचुहा नगरपालिका वडा नम्वर २ स्थित रोहन ढकालको घरमा जुवा खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरिएको हो ।
ईलाका प्रहरी कार्यालय सुखडबाट खटिईएको प्रहरी टोलीले मल्लको घरमा जुवा खेलिरहको अवस्थामा स्थानीय दिलिप कठायत, गणेश कठायत, केशब मल्ल, भद्र बडुवाल, धनन्जय कठायत, धन कठायत, नबिन कठायत, खगेन्द्र बुढा, हरिश कठायत, गौरीगंगा–१० बस्ने बर्ष रमेश कठायत र अरबिन चौधरीलाई पक्राउ गरिएको उनीहरुको साथबाट एक लाख ३५ हजार ५ सय नगद समेत बरामद गरिएको विष्टले बताए।
यस्तै ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिइएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका– २ बाट स्थानीय विष्णु केसी, शेरबहादुर रावल, खड्क पुन, हर्क पुन र डिल्लीप्रसाद जोशीलाई पक्राउ गरिएको हो।
उनीहरुको साथबाट ३२ हजार पाँच सय ५० नगद बरामद गरिएको छ। जुवा मुद्दामा म्यादथप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२१ असोज २०७७, बुधवार १९:४८ बजे प्रकाशित






























