Hotel Flora Long Ad

कोरोना प्रभावितमा नेपाल चीनभन्दा दुई अंक अगाडि

विश्वका १ सय ८८ मुलुकमध्ये नेपालले कोरोना सुरु भएको चीनलाई समेत पछाडि पारेको हो।

कोरोना प्रभावित मुलुकको सूचीमा नेपाल ४४ औं नम्बरमा रहेको छ भने चीन भने ९० हजार ६ सय ७८ संक्रमितसहित ४६ औं नम्बरमा छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांकअनुसार नेपालमा कूल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ।

सार्क मुलुकमा नेपालभन्दा अगाडि भारत, पाकिस्तान र बंगलादेश मात्र छन्। दोस्रो नम्बरमा रहेको भारतमा संक्रमितको संख्या ६७ लाख ५७ हजार १ सय ३१ छ भने १६ औं नम्बरमा रहेको बंगलादेशमा ३ लाख ७३ हजार १ सय ५१ जना संक्रमित भएका छन्।

यस्तै, २१ नम्बरमा रहेको पाकिस्तानमा संक्रमितको संख्या ३ लाख १६ हजार ३ सय ५१ छ। ७१ औं नम्बरमा रहेको अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार ५ सय ४८, १०३ नम्बरमा रहेको माल्दिभ्समा १० हजार ६ सय ५६, १३२ नम्बरमा रहेको श्रीलंकामा ४ हजार ४ सय ५९ र १ सय ७१ औं नम्बरमा  रहेको भुटानमा ३ सय ९५ संक्रमित छन्।

मृत्युमा भारत तेस्रो नम्बरमा छ। भारतमा हालसम्म १ लाख ४ हजार ५ सय ५५ जनाको मृत्यु भइसकेको छ। यस्तै, पाकिस्तानमा ६ हजार ५ सय ३५, बंगलादेशमा ५ हजार ४ सय ४०, अफगानिस्तानमा १ हजार ४ सय ६९, माल्दिभ्समा ३४ र श्रीलंकामा १३ जनाको मृत्यु भएको छ। हालसम्म भुटानमा एक जनाको पनि मृत्यु भएको छैन। नेपालमा भने हालसम्म ५ सय ७८ जनाको मृत्यु भएको छ।


२२ असोज २०७७, बिहीवार ०९:२२ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु