कोरोना संक्रमणबाट थप आठजनाको निधन
कोरोना संक्रमणबाट नेपालमा आज थप आठ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज निधन हुनेमा दुई महिला र ६ जना पुरुष छन् ।
काठमाडौंका दुई पुरुष, ललितपुर, सिन्धुपाल्चोक, दोलखा र कैलालीका एक–एक पुरुषको निधन भएको हो । त्यसैगरी सुनसरी र चितवनका एक–एक महिलाको निधन भएको मन्त्रालयले जनाएको छ ।
योसमेत देशभर हालसम्म संक्रमणबाट निधन हुनेको संख्या पाँच सय २८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
१७ असोज २०७७, शनिवार १६:५४ बजे प्रकाशित































