punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतीय नागरिकलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्षसहित तीन पक्राउ

Chaupati
safha napa

भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने धनगढीका वडाध्यक्ष पक्राउ परेका छन् ।

भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष जोशीले २०७५ साल फागुन २० गते भारतका अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस बनाएका थिए । उनले वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

अन्सारी टीकापुर नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका छन् । नक्कली बुवा बन्ने चौधरी फरार छन् भने उनका दाजु खुसीराम चौधरी र भाउजू भनेकी गीता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतीय नागरिक अन्सारीले चौधरी परिवारलाई १ लाख रुपैयाँ दिएर आफ्नो परिवारका नक्कली सदस्य बनाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तिनै जनालाई  हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वडाध्यक्ष जोशी नेपाली काँग्रेसबाट विजयी हुन् ।


१४ कात्तिक २०७७, शुक्रवार ०९:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु