punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अब विदेशी च्यानलले विज्ञापन बजाउन नपाउने

Chaupati
safha napa

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले भोलिदेखि विज्ञापन बजाउन नपाउने भएका छन् ।
सरकारले विज्ञापन ९नियमन गर्ने० ऐन, २०७६ मा भएको प्रावधान अनुसार विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन नपाउने नियम बनाएको हो ।

आज रातिसम्म विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन पाउने तर भोलिदेखि बजाउन नपाउने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कानुन कार्यान्वयनका लागि विज्ञापन बोर्डको गठन भइसकेको र अनुगमनका लागि जिम्मेवारीसहितको संस्थागत प्रबन्ध गरिसकिएको जनाएको छ ।

ऐनको मर्म र भावनाअनुसार तोकिएको मितिदेखि यो व्यवस्था लागू गर्न र अन्यथा कानुनअनुसार हुने मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोकर्णमणि दुवाडीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने, विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको एक वर्षभित्र विज्ञापनरहित ९क्लिन फिड० प्रसारण गर्नुपर्ने, विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाउने कानुनी व्यवस्था छ ।

 


७ कात्तिक २०७७, शुक्रवार १०:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु