Hotel Flora Long Ad

टीभीएसले एकैदिन बिक्री गर्यो ९ सय मोटरसाइकल, कुन मोडल बढी बिक्री ?

टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटरसाइकलले सोमबार एकैदिन ८ सय २५ यूनिट मोटरसाइकल तथा स्कुटर बिक्री गरेको जनाएको छ ।

कम्पनीले नेपालमा टीभीएसको यो विक्री हालसम्मकै धेरै भएको बताएको छ । कम्पनीले आफ्नो देशभर रहेको १३२ शोरुमहरुबाट उक्त यूनिट बिक्री गरेको जनाएको छ ।

ग्राहकको विश्वास र हाम्रो प्रडक्ट लाइनअपले यो सफलता प्राप्त भएको जगदम्बा मोटर्सका भाइस प्रसिडेन्ट दिपक कुमार अग्रवालले बताए । उनले सबै डिलरहरुले उत्कृष्ट बिक्री गर्न सफल भएको बताए ।

टीभीएस अहिले निकै छिटो ग्रोथ पाइरहेको ब्राण्ड हो । सन् २०१५ मा जगदम्बा मोटर्सले बिक्री सुरु गरेसँगै टीभीएस नेपालमा आक्रमक बजार बिस्तारमा लागेको छ ।

कम्पनीले कार्तिक २३ गते बिक्री गरेको मोटरसाइकलमा अपाचे आरटीआर २०० फोर भी स्मार्ट कनेक्ट र एबीएस, १६० एबीएस र स्मार्ट कनेक्टसहितको मोडल र एनटर्क १२५ को हिस्सा सबैभन्दा धेरै रहेको अग्रवालले जानकारी दिए ।

अहिले कम्पनीले दशैंको आशा क्याम्पेन संचालन गरिरहेको छ । उक्त योजनामा टीभीएसका मोटरसाइकल किन्ने ग्राहकले ९ हजार नगद छुट प्राप्त गर्न सक्ने छन् भने स्कुटरमा ७ हजार नगद छुट पाउने छन् ।

५० प्रतिशत रकम डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत व्याजदरमा मोटरसाइकल खरिद गर्न सक्ने अफर कम्पनीले गरेको छ ।


४ कात्तिक २०७७, मंगलवार १५:२० बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु