punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रहरी हत्या प्रकरण : हत्या आरोपमा पक्राउ परेका सबै राना समुदायका व्यक्ति

Chaupati
safha napa

धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र जवान रामबहादुर साउँदको हत्या आरोपमा पक्राउ परेका सबै का व्यक्ति रहेका छन् ।

प्रहरी स्रोतकाअनुसार पक्राउ परेका सबै स्थानीय राना समुदायका व्यक्ति हुन् । उनीहरुलाई प्रहरीले आजै सार्वजनिक गर्ने तयारी गरेको छ । घटनास्थल नजिकै राना बस्ती छ । घटना भएको दिन पनि घटनास्थलमा राना समुदायका पुरुषको उपस्थिति रहेको थिएन । यसले पनि प्रहरीलाई आशंका पैदा भएको थियो ।

तस्करहरुको समूहले योजनाबद्ध ढंगले असई र जवानलाई नियन्त्रणमा लिएर घरेलु हतियार लाठी र कोदालो प्रहार गरेर हत्या गरेको खुलेको छ ।

शनिवार राति करिब ८ बजेतिर असई बिक र जवान साउद मोटरसाइकलमा गस्तीमा निस्किएका बेला तस्कर समूहले नियन्त्रणमा लिएर हत्या गरेको प्रहरीले जनाएको छ । घटना अनुसन्धानका शिलशिलामा १६ जना पक्राउ गरेको र ती मध्ये ७ जनाले संलग्नता स्वीकारेको बताइएको छ ।

 


४ कात्तिक २०७७, मंगलवार १५:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु