कोरोना कहर: भारतमा झन बढ्दै संक्रमण
भारतमा कोरोना संक्रमणका कारण ९७ हजार ५२९ जनाको मृत्यु भएको छ भने ६२ लाख २३ हजार ५१९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५१ लाख ८४ हजार ६३४ जना संक्रमण मुक्त भएका छन् भने ९ लाख ४१ हजार ३५६ जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा मंगलवार मात्रै ८० हजार ५०० जना संक्रमित थपिएका छन् भने १ हजार १७८ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसका कारण अहिले विश्वभर १० लाख १२ हजार ५७८ जनाको मृत्यु भएको छ भने ३ करोड ३८ लाख ३७ हजार ७०८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २ करोड ५१ लाख ४३ हजार ३१ जना कोरोना संक्रमण मुत्तः भएका छन् भने ६५ हजार ९१३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
१४ असोज २०७७, बुधवार ०८:३८ बजे प्रकाशित































