ढुक्क हुनुहोस्, यो जिल्ला प्रशासन हो, कोरोना छैन ! (तस्बीरसहित)

कोरोनालाई चुनौती : तस्बीर मात्रै हेर्दा यो कुन ठाउँ होला भनेर ठम्याउन सबैलाई सहज छैन । यी तस्बीरमा देखाइएको भीड जिल्ला प्रशासन कार्यालय कैलालीको हो । प्रशासन कार्यालय बाहिर लाग्ने सेवाग्राहीको घुइँचो हो यो ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना महामारीलाई नै चुनौती दिने गरी सेवाग्राही सम्बन्धित फाँटको झ्यालमा तछाडमछाड हुने गरेर लागेका छन् । सरकारले कोरोना महामारी रोकथामका लागि बनाएको मापदण्ड कार्यान्वयन गर्ने र गराउने प्रशासन कार्यालयमै त्यसको खिल्ली उडाइएको छ ।

यहाँ सामाजिक दुरी त के कतिपयले मास्क पनि लगाएको छैनन् । कतिपयले नाक खुला राखेर मुख मात्रै छोपेका छन् भने कतिपयले मुखसमेत नछोपेर त्यो भन्दा मूनि घाँटीसम्मै मास्क लगाएका हुन्छन् । यो दृष्य जिल्ला प्रशासन कार्यालयमा हरेक दिन देख्न पाइन्छ ।

सामाजिक दुरी कायम गर्ने गरि सेवाग्राहीको लाइन व्यवस्थित गर्ने प्रयास पनि गरिएको छैन । सेवाग्राही भिडभाडमा कोचिएर आफ्नो काम गराउन लागिरहेका हुन्छन् । न सेवाग्राहीलाई कोरोनाको डर छ न त प्रशासन कार्यालयलाई नै सेवा प्रवाह व्यवस्थित गर्ने ढंग । यस्तै छ, यहाँ कोरोना रोकथामको प्रयास !


६ असोज २०७७, मंगलवार १९:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु