थप १३ सय बढीमा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा १३५६ जनामा संक्रमण देखिएको हो ।

यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने १८ हजार १ सय ४२ रहेको छ ।

कोरोना भाइरस संक्रमण निको भएर पछिल्लो २४ घण्टामा ८२३ जना डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल सं‌ख्या ४८ हजार ०६१ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६४७ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जना संक्रमित भेटिएका छन् ।


६ असोज २०७७, मंगलवार १६:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु