punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पत्रकारसहित चार जनामा कोरोना संक्रमण

Chaupati
safha napa

सप्तरीमा एक जना पत्रकारसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्लाको खडक नगरपालिका–८ की ३० वर्षीया पत्रकार, तिलाठी कोइलाडी गाउँपालिका–८ का ८ वर्षीय तथा तिरहुत गाउँपालिका– १ का १५ र ६० वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार संक्रमितहरुको तथ्यांक सार्वजनिक गर्ने तयारी गरेको जनाइएको छ। यो समेत सप्तरीमा संक्रमित हुनेको सङ्ख्या १ हजार २०६ पुगेको छ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार ८२२ जना निको भएर घर फर्किएका छन्।

यसैगरी कोरोना रिपोर्ट पोजिटिभ आएको केही घण्टामा नै मृत्यु भएकी बिष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया महिलाको सोमबार अपरान्ह मात्र शव व्यवस्थापन भएको छ। महिलाको मृत्यु भएसँगै सप्तरीमा मृत्यु हुनेको सङ्ख्या २ महिलासहित १० जना पुगेको छ।

 


५ असोज २०७७, सोमवार १९:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु