पीसीआर परीक्षणको शुल्क घट्यो, कति लाग्छ अब ?
मन्त्रालयले कोरोना संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणको शुल्क घटाएको छ ।
मन्त्रालयले पीसीआर टेष्टको शुल्क ४४०० रुपैयाँ तोकिएको सहायक प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । उनले सेवा शुल्क सबै जोडेर यो भन्दा बढी लिन नपाइने बताए ।
यसअघि पीसीआर परीक्षणका लागि मन्त्रालयले नै ५ हजार ५०० रुपैयाँ शुल्क तोकेको थियो ।
साथै सरकारले कोरोना निःशुल्क परीक्षणका लागि मापदण्ड बनाउने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अब संक्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र अग्रभागमा काम गर्नेहरुको मात्र निःशुल्क परीक्षण गर्ने तयारी भइरहेको सहायक प्रवक्ता समीरकुमार अधिकारीले बताए । अब मापदण्डमा परेकाहरुको मात्र निःशुल्क टेष्ट हुनेछ ।
१४ भदौ २०७७, आइतवार १७:२२ बजे प्रकाशित













