punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप १०० जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा आज थप एक सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। डडेल्धुरा प्रयोगशालामा ४९, धनगढी प्रयोगशालामा ४० र डोटी प्रयोगशालामा ११ जनामा सङ्क्रमण पुष्ट भएको हो ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ५७ जनाको कोरोना परीक्षण गर्दा ४९ जनामा र डोटी अस्पतालको प्रयोगशालामा ८८ जनाको परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

डडेल्धुरा प्रयोगशालामा बझाङको दुर्गाथली गाउँपालिकाका ४७, दार्चुलाको शैल्यशिखर नगरपालिकाका १ जना र जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत १ प्रहरीमा पनि कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए ।

धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ४० जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ सय ८५ नमुना परीक्षण गर्दा ४० जनाको रिपोट पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

अछामका १८, कैलालीका १५ र कञ्चनपुरका ७ जनामा सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस्तै उता डोटी प्रयोगशालामा डोटीकै पूर्वी चौकीका ९ र सायल गाउँपालिका र दिपायल सिलगढी नगरपालीकाका १ १ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका ल्याब इन्चार्ज सौरभ श्रेष्ठले जानकारी दिए ।

 


१४ भदौ २०७७, आइतवार १७:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु