punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमित थुनुवा आइसोलेसनबाटै फरार, प्रहरी अधिकारीमाथि छानविन शुरु

Chaupati
safha napa

बाँकेमा एक कोरोना संक्रमित थुनुवा आइसोलेसनबाटै फरार भएका छन् । लागूऔषध मुद्दामा पक्राउ परेपछि संक्रमण पुष्टि भएका व्यक्ति फरार भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

खजुरास्थित कृषि तालिम केन्द्रमा रहेको आइसोलेसन सेन्टरबाट थुनुवा भागेको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिएका छन् । उनको खोजीमा प्रहरी टोली परिचालित भइसकेको जनाइएको छ ।

चार दिनअघि उनलाई केन्द्रको आइसोलेसनमा पठाइएको थियो । संक्रमित व्यक्ति भागेपछि आइसोलेसनको सुरक्षार्थ खटिएका प्रहरी अधिकारीमाथि पनि छानविन थालिएको छ ।


८ भदौ २०७७, सोमवार १२:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु