punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशसभामा पास भएको विधेयकको पत्रकार महासंघद्वारा विरोध

Chaupati
safha napa

धनगढी, साउन ३१ । सुदूरपश्चिम प्रदेशसभाले पास गरेको एफएम रेडियो तथा टेलिभिजन प्रशारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने भएको भन्दै पत्रकारले बिरोध जनाएका छन् ।

छलफलविनै पारित गरेको विधेयकको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले नेपालको संविधानले व्यवस्था गरेको मर्म तथा स्वतन्त्र प्रेसको मान्यता, सिद्धान्त र व्यवहार विपरित रहेको भन्दै महासंघले आपत्ति जनाएको हो।

शनिबार महासंघको बैठक बसी उक्त विधेयकबारे छलफल गरिएको छ। बैठक पश्चात महासंघले उक्त विधेयक प्रदेश सभामा दर्ता भएको बेलादेखि नै आफुहरुले ध्यानाकर्षण गराएको तर सबै दल मिलेर अहिले उक्त विधेयक पारित गरेर सम्पूर्ण प्रेस जगतलाई अचम्मित गरेको भन्दै उक्त विधेयक संशोधनमा लागि दवावमुलक कार्यक्रम आयोजना गर्ने जनाएको छ।

पत्रकार नियन्त्रणमुखी विधेयक संशोसन गर्न साउन ३२ गते ९ वटै जिल्ला शाखाहरुले सम्बन्धीत जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने, प्रदेश समितिको अगुवाईमा सभामुखसम्बद्ध पक्षलाई ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाउने र विधेयकका प्रावधानले पार्न सक्ने असरबारे नागरिक संघसंगठनहरुसँग छलफल गर्ने निर्णय गरेको महासंघका महासचिव योगेन्द्र रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।


३१ साउन २०७७, शनिवार १४:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु