punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाको खोप बनाएपछि रूसले अब सुरु गर्यो उत्पादन

Chaupati
safha napa

एजेन्सी
रूसले कोरोनाभाइरस विरुद्धको खोप उत्पादन सुरू गरेपछि अब त्यसको उत्पादन सुरु गरेको छ। विश्वमै पहिलो पटक कोरोना भाइरसविरूद्धको खोप बनाएको दाबी गरिरहेको रूसले उक्त खोपको उत्पादन सुरू गरेको जनाएको हो ।

रूसको स्वास्थ्य मन्त्रालयले यो महिनाको अन्त्यसम्ममा खोप लगाउन सुरू गरिने तयारीका साथ उत्पादन थालिएको जनाएको बीबीसीले जनाएको छ । द्रुत गतिमा खोप बनाउने नाममा रुसले सुरक्षासम्बन्धी विधिहरूमा सम्झौता गरेको हुन सक्ने भन्दै कतिपय विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।

गत मंगलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ खोपले परीक्षणसम्बन्धी आवश्यक सबै विधिहरू पूरा गरेको र आफ्नी छोरीले नै खोप लगाइसकेको बताएका छन्। तर, रुसमै स्वतन्त्र रूपमा गरिएको एउटा जनमत सर्वेक्षणले समेत विश्वास नभएको भन्दै करिब आधा जति चिकित्सकहरू खोप लगाउन तयार नरहेको देखाएको छ।

विश्वकै सबैभन्दा पहिलो भू(उपग्रह स्पुत्निक फाइभको सम्मानमा खोपको नाम स्पुत्निक राखिएको छ। रुसी भाषामा स्पुत्निक भनेको भू-उपग्रह हो। दुई दिनअघि रुसले खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा व्यक्त भइरहेका चिन्ताको खण्डन गरेको थियो । कतिपय मुलुकहरूले रूसले तयार पारेको खोपको मागसमेत गरिसकेको जनाइएको छ ।


३१ साउन २०७७, शनिवार १४:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु