सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा विषयगत समिति सदस्य हेरफेर
धनगढी, साउन ३१ । सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलले विषयगत समिति सदस्य हेरफेर गरेको छ ।
समितिहरुको काम कारबाही प्रभावकारी नभएको भन्दै गुनासो आइरहेको बेला कांग्रेस संसदिय दलले विषयगत समिति सदस्य हेरफेर गरेको हो ।
सार्वजनिक लेखा समितिका भरतबहादुर खड्का अर्थ विकास समितिमा परिर्वतन भएका छन्, भने लेखा समितिकै कर्ण मल्ल सामाजिक समितिमा परिर्वतन भएका छन् । यस्तै अर्थ विकास समितिका गोबिन्दराज बोहरा र सामाजिक समितिका दिल्लीराज पन्त लेखा समितिमा परिर्वतन भएका छन् ।
कांग्रेस संसदीय दलका नेता डा. रण बहादुर रावलले आपसी समझदारीमा जिम्मेवारी परिर्वतन गरिएको बताए । उनले कुनै आन्तरिक विवाद नभएको र एकअर्काको सहमतिमै हेरफेर गरिएको बताए ।
३१ साउन २०७७, शनिवार १२:४० बजे प्रकाशित






























