संघीय सांसद यादवलाई कोरोना संक्रमण
जनकपुरधाम, साउन ३० । संघीय सांसद डा. सूर्यनारायण यादवलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित ६४ वर्षीय डा. यादव लामो समयदेखि जनकपुरधाममा निजी क्लिनिकसमेत संचालन गर्दै आएका छन् । उनले आफू क्लिनिकमा उपचार गराउन आएका बालकबाट कोरोना संक्रमण भएको बताएका छन् ।
उनले ती बालकलाई आफैंले उपचार गरेका कारण आफ्नो जाँच गराउँदा समेत पोजेटिभ आएको बताए । उनले सुरुमा शरीर एकदमै दुखेपनि अहिले स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।
३० साउन २०७७, शुक्रवार १३:२१ बजे प्रकाशित































