मुख्यमन्त्री भट्टद्वारा बाढी प्रभावित क्षेत्रको अनुगमन
धनगढी, साउन ३० । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले कैलालीको बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन् । कैलालीको बाढी प्रभावित क्षेत्र भजनी, जोशीपुरलगायको अनुगमन गरेका हुन्।
उनले बाढीमा ज्यान गुमाएको परिवारसङ्ग भेटघाट गर्नुका साथै बाढी पीडितको अवस्था, बाढीले गरेको क्षति, कृषिमा भएको क्षति र नदी कटानको अवस्थालगायतको निरीक्षण गरेका छन् । सो क्रममा मुख्यमन्त्री भट्टले तत्काल र दीर्घकालीन योजना बनाएर समस्या समाधान गरिने बताएका छन् ।
उनले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने आश्वासनसमेत दिए । त्यस्तै संघीय सरकारलाई समेत सहयोग गर्न पहल गर्ने उनले बताए ।
३० साउन २०७७, शुक्रवार ११:४६ बजे प्रकाशित































