punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सिन्धुपाल्चोकमा भीषण पहिरोमा ३७ घर पुरिए, ३८ जना बेपत्ता

Chaupati
safha napa

काठमाडौं, साउन ३० । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भीषण पहिरो जाँदा ३८ जना बेपत्ता भएका छन् । जुगल–२ लिदिको लामा टोलमा आज विहान ६ बजेतिर खसेको पहिरोमा परेका मध्ये ३८ जना सम्पर्कविहीन बनेका हुन् ।

८ जना गम्भीर घाइते रहेको वडाध्यक्ष प्रताप लामाले जानकारी दिए । उनकाअनुसार सुरक्षाकर्मी र स्थानीयले उद्धार कार्य जारीराखेका छन् । पहिरोले ३७ घरमा क्षति पुर्‍याएको छ ।

जुगल गाउँपालिकाले साउन २२ गते लिदिका १७२ पहिरोको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएको थियो । घाइतेहरूको काठमाडौं र सिन्धुपाल्चोकमा उपचार भइरहेको छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएको क्षेत्रमा पुगेका छन् ।


३० साउन २०७७, शुक्रवार ०७:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु