punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१५ किलो सुन प्रकरणमा संलग्न इल्ताफ अन्सारी पक्राउ

Chaupati
safha napa

काठमाडौं, साउन २९ । कमलादी १५ किलो सुन प्रकरणमा खोजी गरिएका इल्ताफ हुसेन अन्सारी पक्राउ गरेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले हुसेनलाई नियन्त्रणमा लिएको हो। हुसेन नक्कली नोट प्रकरणमा यसअघि पनि पक्राउ परेका व्यक्ति हुन्। उनलाई बाराको निजगढबाट पक्राउ गरिएको बताइएको छ ।

साउन १३ गते प्रहरीले कमलादीबाट १५ किलो सुन फेला परेको जानकरी दिएको थियो। सुन्धाराबाट बरामद भएको सुनमध्ये आधा केजी सक्कली र बाँकी चाँदीमा सुनको जलप लगाएको भेटिएको थियो।

हुसेन यसअघि २०७२ जेठ ३० गते भारतीय नक्कली नोटको कारोबारमा ललितपुरबाट पक्राउ परेका थिए। जिल्ला अदाल ललिपुरले २०६७ जेठमा दोषी ठहर गर्दै तीन वर्ष कैद र २ करोड ६१ लाख रुफैयाँ विगो सुनाएको थियो।

सुन प्रकरणमा घटना  भारतीय नागरिक सञ्जय पटेलको पनि संलग्नता रहेको खुलेको छ। उनी प्रहरीको खोजी सुचीमा रहेका छन्। प्रहरीले सुन बरामत भएको भोलीपल्ट पूर्वी नवलपरासीबाट देवान पटेल, विजय पटेल, निलेश सखियालाई नियन्त्रणमा लिएको थियो। उनीहरु तीनै जना भारतीय हुन्।

उनीहको बयानपछि  महानगरीय प्रहरी वृत दरबारमार्गमा सादा पोसाकमा खटिएका प्रहरी जवान प्रसन्न श्रेष्ठ र प्रहरीको (सिआरभी) गाडी चालक बहादुर सिंह कडायतलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। उनीहरुले सुन तस्करीलाई सहयोग गरेको खुलेको छ।


२९ साउन २०७७, बिहीवार ०४:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु