punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Chaupati
safha napa

काठमाडौं, साउन १५ । वायुको प्रभावका कारण अहिलेपनि देशभर सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। नेपालको पूर्वि तराई भू–भाग नजिक मनसुनी न्यूनचापीय रेखा अवस्थित छ।

विभागका अनुसार आज देशका ६ वटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोमा प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै आज राति, बागमती, गण्डकी र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको विभागले जनाएको छ। भोलि र पर्सि पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टामा प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अपील गरेको छ।


१५ साउन २०७७, बिहीवार ०१:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु