punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुशान्तकी प्रेमिका रियाविरुद्ध पिताले दिए उजुरी

Chaupati
safha napa

काठमाडौं, साउन १४ । आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपूतका पिताले उनकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध उजुरी दिएका छन्।

उनका पिता केके सिंहले पटनास्थित राजीवनगर प्रहरी चौकीमा रियाविरुद्ध उजुरी दिएका हुन्। उनले उजुरीमा उनले रियालाई आत्महत्या गर्न बाध्य पारेको तथा पैसा माग्ने गरेको आरोप लगाएका छन्।

उजुरीपछि पटना प्रहरीको एक टोली मुम्बई गएको छ। १४ जुनमा बान्द्रास्थित आफ्नै निवासमा मृत फेला परेका थिए। सुशान्तको आात्महत्यापछि मुम्बई प्रहरीले १०० जना भन्दा बढीसँग सोधपुछ गरेको छ।

यसअघि रियाले गृहमन्त्री अमित शाहलाई यो घटनाको छानविनका लागि सीबीआईलाई जिम्मा दिन अनुरोध गरेकी थिइन्। तर अहिले उनी आफैं छानबिनको दायरामा आएकी छन् ।


१४ साउन २०७७, बुधवार ०४:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु