punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चार दिनसम्म भारी वर्षा हुने, यी क्षेत्रमा बढी जोखिम

Chaupati
safha napa

काठमाडौं, साउन १२ । अबका चार दिन सामान्यदेखि भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको देखिएको छ ।

मौसमविद्का अनुसार न्यून चापीय रेखा जति नजिक हुन्छ उति वर्षा बढ्छ । सोमबार रातिदेखि न्यून चापीय रेखा नेपालको नजिक हुने अनुमान गरिए पनि आइतबार नै यो रेखा नेपालको नजिक भएको थियो । जसका कारण अब देशभर बिस्तारै वर्षा बढ्ने अनुमान गरिएको छ ।

यसैगरी मेघगर्जन, चट्याङसहित ठूलो वर्षाको समेत सम्भावना छ ।  सोमबार रातिदेखि भने भारती वर्षा हुने पनि महासंघले जनाएको छ । नदी किनारहरुमा बाढीका कारणले गर्दा ठूलो क्षतिको सम्भावनासमेत रहेको छ ।

यो मनसुनमा पहिलेका तुलनामा धेरैको ज्यान गइसकेको छ । बाढी पूर्वानुमान महाशाखाले समेत सोमबार बिहान नेपाल बाढी सूचना जारी गर्दै विभिन्न स्थानमा सचेतना अपनाउन आग्रह गरेको छ ।

अलर्ट जारी गर्दै महाशाखाले बुटबलको तिनाउ नदी बाढी मापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र बढ्दो रहेकाले कन्चनखोला, तिनाउखोलाको तटिय क्षेत्र र आसपासका साना खोलामा बाढी आउन सक्ने जनाएको छ । बिहान १० बजेसम्म सतर्क रहनसमेत आग्रह गरेको छ ।

त्यस्तै चितवन, धादिङ, तनहुँ, स्याङ्जा, कास्की, पाल्पा, गुल्मी, नबलपरासी, कपिलबस्तु, रुपन्देही आसपास भारी वर्षा भएकाले उक्त जिल्लाका साना खोलामा आकस्मिक बहाव हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरो जान सक्ने जनाएको छ ।


१२ साउन २०७७, सोमवार ०१:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु