घुससहित धनगढीबाट सव–इन्जिनियर पक्राउ
धनगढी, साउन ७ । घुससहित कैलालीका एक जना सव–इन्जिनियर पक्राउ परेका छन्। जिल्लाको चुरे गाउँपालिका घरखेडामा कार्यरत सव–इन्जिनियर चन्द्रदेव भट्ट २० हजार घुससहित पक्राउ परेका हुन्।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले धनगढीबाट पक्राउ गरेको हो । कृषि सडकको इस्टिमेट नापजाँच तथा मुल्याङ्कन गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ ।
७ साउन २०७७, बुधवार १३:१६ बजे प्रकाशित































