punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विवाह मण्डपमै भयो दुलहीको मृत्यु, बेहुलासहित सबै भक्कानिएपछि सन्नाटा

Chaupati
safha napa

काठमाडौं । शुभकार्य गरिरहँदा कसैको मृत्यु भएका घटना संसारमा नै विरलै हुने गर्छन् । जसको साक्षी नै बनिन् भारतको उत्तर प्रदेशकी १९ वर्षीय विनिता ।

बेहुला सञ्जय शुक्रबार राति आफ्नो परिवारका साथ विनितालाई लिन पुगे तर उनले आफ्नी पत्निलाई घर लैजान भने पाएनन् । कारण विबाह चलिरहँदा नै विनिता मण्डपमा नै लडिन् ।

तत्कालै माइती र बेहुला पक्षले विनितालाई अस्पताल पुर्याएपनि अस्पतालले कोरोना परिक्षणको रिर्पोट ल्याउन भन्दै दुख दियो । विनिताकाको माइती पक्षले सक्दो कोशिस गरे पनि अस्पतालले भर्ना नगरेपछि उनको निधन भयो ।

निधनपछि बेहुला भक्कानिँदै रोए भने माइती पक्षमा सन्नाटा नै छायो । कन्नौज प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि पठाएका छन् भने घटनाबारे अनुसन्धान थालेको जनाएको छ । विनिताको निधनपछि गाउँ नै शोकमा डुबेको छ भने सबै स्तब्ध बनेका छन् ।


५ साउन २०७७, सोमवार ०६:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु