बीपी कोइरालाको स्मृति दिवसमा धनगढीमा सरसफाई
धनगढी, साउन ५ । विपी कोइरालाको ३८ औं स्मिृति दिवसमा आज धनगढीमा सरसफाई गरिएको छ ।
‘ग्रीन धनगढी, क्लीन धनगढी’ भन्ने नाराका साथ दलित विद्यार्थी संघ कैलालीको आयोजनामा सरसफाई कार्यक्रम आयोजना गरेको हो ।
सरसफाई कार्यक्रममा सुदूरपश्चिम प्रदेश सांसद टेकबहादुर रैका, धनगढी, उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट, कांग्रेस उपसभापति प्रकाश बम, प्रदेश सभापती कलावती जोशी, पुर्व सभापति गोबिन्दराज जोशी, पूर्व उपसभापति नारायण भट्ट, महिला संघकी गोमा जोशी, पुष्पा भट्ट नेबिसंघ पूर्व कार्र्यबाहक अध्यक्ष क्षितिज भण्डारीलगायतको सहभागिता हेको थियो ।
ssसरसफाई कार्यक्रममा सहभागी सबैलाई आयोजक दलित विद्यार्थी संघले झाडुसंगैैमास्क र पन्जा पनि वितरण गरेको थियो ।
५ साउन २०७७, सोमवार ०४:२७ बजे प्रकाशित































