punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहिरोले घर भत्किदा दार्चुलामा आमा–छोरीको मृत्यु

Chaupati
safha napa

दार्चुला, साउन ५ । अविरल वर्षाका कारण दार्चुलामा पहिरोले घर भत्काउँदा आमा छोरीको पुरिएर मृत्यु भएको छ।

नौगाड गाउँपालिका–६ परिगाउँका हरजित सिंह ठकुन्नाकी श्रीमती ४२ वर्षीया मानमतीदेवि ठकुन्ना र छोरी ६ वर्षीया आरती ठकुन्नाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रवक्ता प्रहरी वरिष्‍ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले बताए।

सिंहका अनुसार गएराति घरमाथिबाट आएको पहिरोले घर भत्किएसँगै उनीहरूलाई पुरेको थियो। पहिरोले सोही ठाउँको आधारभूत माध्यमिक विद्यालयको सातकोठे र पाँचकोठे पक्की भवनसमेत बगाएको छ। भानसिंह ठकुन्ना र बिरभान ठकुन्नाको घर पनि पहिरोबाट क्षति पुगेको छ।


५ साउन २०७७, सोमवार ०६:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु