मेस्सीको गोलले पनि पुगेन, बार्सिलोना घरेलु मैदानमै पराजित
काठमाडौं, साउन २ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोना घरेलु मैदानमा पराजित भएको छ । प्रतियोगिताको दोस्रो स्थानमा रहेको बार्सिलोना बिहीबार राति भएको खेलमा ओसासुनासँग २÷१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमै बार्सिलोना १० खेलाडीमा समेटिएको ओसासुनासँग पराजित भएको हो । खेलको १५औं मिनेटमा जोसे अर्न्नेजले गोल गर्दै ओसासुनालाई अग्रता दिलाए । ६२ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १(१ गोलको बराबरीमा फर्काए ।
तर, खेलको इन्जुरी समयमा रोबर्टो टोरेसले गोल गर्दै ओसासुनालाई २(१ को जित दिलाए । त्यसअघि खेलको ७७औं मिनेटमा एन्रिक गाल्लेगोले रातो कार्ड पाउँदा ओसासुना १० खेलाडीमा समेटिएको थियो । यो हारसँगै बार्सिलोना च्याम्पियन रियल मड्रिड भन्दा ७ अंकले पछि परेको छ । बार्सिलोनाले ३७ खेलमा ७९ अंक जोडेको छ । रियलको ८६ अंक रहेको छ ।
हारपछि लियोनल मेस्सीले सोचे अनुरुप खेल्न नसकेको बताएका छन्। हारमा आत्मआलोचना गर्दै उनले आफूहरुले जीतका लागि खेल्नु पर्ने बताएका छन्।
२ साउन २०७७, शुक्रवार ०३:४० बजे प्रकाशित































