punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ब्रिटिस आर्मी हुँ भन्दै महिलालाई आश्वासन दिएर ठगी गर्ने पक्राउ

Chaupati
safha napa

काठमाडौं, साउउन १ । ब्रिटिस आर्मी हुँ भन्दै महिलाहरुलाई मात्रै ठगी गर्दै हिड्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर–८ का दीपक मोक्तान भन्ने ३३ वर्षीय दीपक लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कोटेश्वर चोकबाट पक्राउ गरेको हो ।

धरान निवासी एक महिलाको सुनको सिक्री सुनको औंठी तथा नगद ५ लाख रुपैयाँ लिई दु्ई महिना अगाडि फरार भएका उनको साथबाट सुनको सिक्री, औंठी बरामद भएको उक्त परिसरले जनाएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा दीपक मोक्तान नामको फेसबुक आईडीबाट उनले आफू ब्रिटिश लाहुरे हुँ भन्दै महिलाहरुलाई आश्वासन दिँदै साथी बनाई रकम तथा सुनका गहना लिई सम्पर्कबिहीन भएको पाइएको प्रहरीले जनाएको छ ।


१ साउन २०७७, बिहीवार १२:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु