punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोराना संक्रमणबाट एक हप्तामा १३ नेपालीको मृत्यु

Chaupati
safha napa

काठमाडौं, असार २१ । कोरोना भाइरस संक्रमणबाट पछिल्लो एक सातामा विदेशमा रहेका थप १३ नेपालीको मृत्यु भएको छ।

संयुक्त अरब इमिरेट्स (युएई)मा थप ६, भारतमा पाँच, ओमान र कुवेतमा एक÷एक नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा एक सय ४३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेन, ओमानलगायत देशमा रहेका नेपालीको मृत्यु भएको छ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यस हप्ता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको दर न्यून हुँदै गएको छ।

शनिबार साँझसम्म विदेशमा रहेका २८ हजार ९ सय १८ नेपालीमा कोरोना संक्रमण देखिएको छ भने २५ हजार २२६ गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन्। एनआरएनएका अनुसार हालसम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन्।


२१ असार २०७७, आइतवार ०८:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु