ढलमा पनि भेटियो कोरोना भाइरस, संक्रमण थप फैलिएको आशंका

काठमाडौं, असार २० । काठमाडौं उपत्यकाका ढलमा पनि कोरोना भाइरस देखिएको छ । सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपाल ‘सीएमडीएन’ले गरेको अनुसन्धानमा उपत्यकाको ढलमा कोरोना भाइरस देखिएको हो ।

बिहीबार उपत्यकाका विभिन्न चार स्थानबाट संकलन गरी परीक्षण गरेको ढलको पानीमध्ये दुई स्थानको पानीमा कोरोना भाइरस देखिएको सीएमडीएनले जनाएको छ ।

ढलमा कोरोना भाइरस देखिनु समुदायमा कोरोना संक्रमित मान्छेहरु छन् भन्ने प्रमाण भएको सिएमडिएनका जनस्वास्थ्य वैज्ञानिक समीरमणि दीक्षितले बताए ।
अनुसन्धानले समुदायमा परीक्षणको आवश्यकता औल्याएको विज्ञहरुले बताएका छन । अनुसन्धानको पुर्ण विवरण चाँडै सार्वजनिक गरिने संस्थाले जनाएको छ ।


२० असार २०७७, शनिवार १०:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु