प्रधानमन्त्रीले बोलाए मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार, आफू शीतल निवास
काठमाडौं, असार २० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री ओली मन्त्रीलाई राज्यमन्त्रीलाई साँझ ७ बजेका लागि प्रधानमन्त्रीले बोलाउनुको कारण नखुलाए पनि छलफलका बोलाइएको बताइएको छ । निम्ता गरेर आफू शीतल निवास पुगेका छन्।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक विवादको छलफलमा व्यस्त भएका बेला शीतल निवास पुगेका हुन्। प्रधानमन्त्रीले पार्टी भित्रको आन्तरिक तनाव र पछिल्लो घटनाक्रमको विषयमा पछिल्ला दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्दै आएका छन्।
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ६ जना सचिवालय सदस्यको छलफल खुमलटारमा चल्दै गर्दा प्रधानमन्त्रीले बालुवाटार र शीतल निवासको भेटलाई निरन्तरता दिएका हुन्।
२० असार २०७७, शनिवार १२:४६ बजे प्रकाशित













