punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा कोरोना संक्रमणको नयाँ रेकर्ड

Chaupati
safha napa

धनगढी, असार १९ । सुदूरपश्चिममा कोरोना संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । प्रदेशमा आज एकै दिन चार सय ८९ जनामा कोरोना पुष्टि भएको छ। एकै दिन थपिएको संक्रमितको यो संख्या हालसम्मकै धेरै हो । धनगढीसहित विभिन्न प्रयोगशालामा भएको परीक्षणमा एकैदिन चार सय ८९ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक सय ४७ जना, शिक्षण अस्पतालमा ९६, पाटन अस्पतालमा दुई सय सात जना र धनगढीको प्रयोगशालामा ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

पाटन अस्पतालको प्रयोगशालामा अछामका ६ महिला र ६० पुरुष गरी ६६ जना, बैतडीका चार महिला र २८ पुरुष गरी ३२ जना, बाजुराका १२ महिला र ३५ पुरुष गरी ४७ जना, डोटीका ८ महिला र १६ पुरुष गरी २४ जना, कैलालीका एक महिला र ८ पुरुष गरी नौँ जना, कञ्चनपुरका ९ महिला र २० पुरुष गरी २९ जनामा कोरोना पुष्टि भएको छ ।

शिक्षण अस्पतालको प्रयोगशालामा अछामका नौँ महिला र ३७ पुरुष गरी ४६ जना, डडेल्ःधुराका ६ महिला र २२ पुरुष गरी २८ जना, बाजुराका एक महिला र पाँच पुरुष गरी ६ जना, कैलालीका एक महिला र ११ पुरुष गरी १२ जना र कञ्चनपुरका चार पुरुषमा कोरोना पुष्टि भएको छ।

डाक्टर गौतममका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अछामका २० महिला र ९० पुरुष गरी एक सय १० जना, बैतडीका चार पुरुष, बझाङका तीन महिला र १० पुरुष गरी १३ जना, डोटीका तीन महिला र ८ पुरुष गरी ११ जना, कैलालीका दुई महिला र पाँच पुरुष गरी सात जना र कञ्चनपुरका दुई महिलामा कोरोना पुष्टि भएको छ।

धनगढीमा शुक्रबार भएको परीक्षणमा ९ महिला र ३० पुरुष गरी ३९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार कैलालीको गोदावरी नगरपालिकाका १० जना, चुरे गाउँपालिका दुई जना, डोटीको आर्दश गाउँपालिकाका १० जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, बैतडीको मेलौलीका तीनजना, मंगलसेन अछामका दुई जनामा कोरोना पुष्टि भएको हो।

यस्तै बैतडीको पुर्चौडी नगरपालिका, बझाङको छब्बिस पाथिभेराका, डोटीको शिखर नगरपालिका, केआइसिह गाउँपालिका र कैलालीको टीकापुरका एक÷एक जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार पाँच सय ३५ पुगेको छ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार पाँच सय ३५ पुगेको छ।


१९ असार २०७७, शुक्रवार १३:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु