सुदूरपश्चिममा २६ जना कोरोना संक्रमित थपिए
धनगढी, असार १८ । सुदूरपश्चिम प्रदेशमा आज २६ जना कोरोना संक्रमित थपिएका छन् ।
धनगढी प्रयोगशालामा भएको परीक्षणमा ८ महिला र १८ पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
संक्रमितमध्ये १३ जना टीकापुर हुन् । त्यस्तै कैलारी गाउँपालिकाका दुई जना, भजनी नगरपालिकाका दुई जना, कञ्चनपुरको भीमदत्त र लालझाडीका एकरएक जना तथा अछामको साँफेवगरका ६ जनामा कोरोना पुष्टि भएको छ।
उनकाअनुसार धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय नौँ जनाको कोरोना परीक्षण भएको थियो।
१८ असार २०७७, बिहीवार ०९:३७ बजे प्रकाशित













