गर्लफ्रेन्डका पतिलाइ मारेर जब मोटरसाइकल सहित खाल्डोमा गाडियो …
एजेन्सी ,भारतमा एक व्यक्तिले आफ्नो गर्लफ्रेन्डका पतिको हत्या गरेर उनलाइ उनकै मोटरसाइकल सहित गाडेका छन । आफ्नी पत्नीसँग सम्बन्ध रहेको आशंकामा भारतको कापसी इलाकामा पंकज दिलीप गिरामकरले ज्यान गुमाउन परेको हो । पत्नीसँगको सम्बन्धको बारेमा कुरा गर्न गएका उनको विवाद बढ्दा अमर सिंहले गिरामकरलाई हथौडाले हानेर हत्या गरिदिएका छन् । अमर सोहि इलाकामा ढाबा संचालन गर्दै आएका थिए ।
अमरलाई आफ्नो श्रीमतीबाट टाढा हुन आग्रह गर्न ढावामा पुगेका गिरामकरलाई हत्या गरेर अमरले ढाबाको पछाडी उनकै मोटरसाइकलसँगै उनको शवलाई अमरले गाडिदिएका हुन् । गिराकरले आफ्नो श्रीमतीसँग प्रेम सम्बन्ध राखेको विषयमा अमरलाइ सम्झाउन ढाबामा गएको प्रहरीले जनाएको छ ।
१६ असार २०७७, मंगलवार १५:०४ बजे प्रकाशित













